नियम
बोर्डको काम, कर्तव्य र अधिकार
ऐनमा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त बोर्डको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

(क) बिज्ञापन वितरण गर्ने प्रयोजनको लागि सञ्चार माध्यमको सूचीकरण र स्तर निर्धारण गर्ने,

(ख) प्रकाशन वा प्रसारण हुने विज्ञापन वा सूचनाको वर्गीकरण गर्ने, (ग) विज्ञापन सम्बन्धी मापदण्ड तथा आचारसंहिता तयार गर्ने र सोको अनुगमन गर्ने,

(घ) चलचित्र घर तथा खेलकुद स्थल तथा अन्य कार्यक्रममा हुने विज्ञापनको अनुगमन तथा नियमन गर्ने,

(ङ) प्रदेश अनुगमन. तथा नियमन समिति र स्थानीय तहसँग समन्वय गर्ने,

(च) विज्ञापन; एजेन्सीको अनुगमन तथा नियमन गर्ने गराउने,

(छ) विज्ञापन बापतको रकम भुक्तानी प्रक्रिया पारदर्शी गर्ने गराउने,

(ज) बोर्डको चल वा अचल सम्पत्तिको अच्चावधिक अभिलेख राख्ने र त्यस्तो सम्पत्तिको रेखदेख, मर्मत सम्भार र संरक्षण गर्ने।